News Portal

  • न्यायीक रुपान्तरणका लागि ‘क्षेत्रीय अनलाइन अभियान’ काे तालिम जाकार्तामा

    जनभेट संवाददाता२०८३ बैशाख २८
    ९७ पटक

    -ईश्वरी थापा
    काठमाडौं । ट्रेड युनियनमा कार्यरत महिला र युवाका लागि जलवायु परिवर्तनका असरहरु कम गर्दा हुने कामको न्यायीक रुपान्तरणका लागि क्षेत्रीय अनलाइन अभियानले तालिम आयाेजना गरेकाे छ ।  अभियानले इन्डाेनेशियाकाे जाकार्तामा टीटीयुसी-एपी र डीटीटीए एशियाकाे सहआयोजनामा मे महिनाकाे ६ देखि ९ तारिखसम्म त्रिदिवसीय तालिमकाे आयाेजना गरेकाे हाे ।

    अभियानले अनलाइन अभियान रणनीति, डिजिटल संसार रणनीति, कार्यान्वयन र योजना विकासबारे सहभागी सदस्यहरुलाई तीन दिनसम्म तालिम प्रदान गरेकाे थियाे ।

    तालिममा नेपालको तर्फबाट आईटीयुसी-न्याककाे प्रतिनिधित्व सुजना जाेशीले गर्नुभएकाे थियाे ।  जोशीले अहिलेसम्म न्यायीक रुपान्तरणका विषयमा गरिएका अनलाइन अभियान र न्यायीक रुपान्तरणका विषयमा जानकारी गराउनुभएकाे थियाे ।

    अभियानमा सदस्य ट्रेड युनियन संस्थाबाट नाै देशका २७ जना सहभागी थिए, जसमा नेपालको तर्फबाट सुजना जोशी (जिफन्ट)  क्षत्रकला बायक (एनटीयुसी र मुकुन्द पन्त (एनटीयुएफ) सहभागी थिए ।

    कार्यक्रममा करिब ६३ प्रतिशत महिला र ३७ प्रतिशत युवाको सहभागिता रहेको आयाेजककाे भनाइ छ ।

    कार्यक्रममा सहभागीहरूले आ आफ्ना देशको जलवायु परिवर्तन र न्यायीक रुपान्तरणमा भएको तालिम, अभियान, कामकाे प्रभावकारितालगायतका विषयमा जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस्