News Portal

  • पेशालाई मर्यादित, सुरक्षित र सम्मानित बनाउन सहकार्य आवश्यक : अध्यक्ष जाेशी

    ‘राष्ट्रिय सौन्दर्यकर्मी युनियन’ १८ वर्षको यात्रामा

    जनभेट संवाददाता२०८२ चैत्र ११
    २३३ पटक

    ईश्वरी थापा
    काठमाडौं । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) ले आफ्नो १८ औँ स्थापना दिवस मनाएको छ । जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको आतिथ्यमाा पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा दिवस मनाएको हो ।

    कार्यक्रममा नाबुनकी अध्यक्ष सुजना जोशीले संगठनको १८ वर्षको यात्रा संघर्ष, समर्पण, एकता र आत्मविश्वासको उज्ज्वल कथा भएको बताउनुभयो । युनियनको यात्रामा अग्रज तथा सदस्यहरुको कडा मिहिनेत, संगठनप्रति निष्ठा र अटल विश्वासले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

    अध्यक्ष जोशीले सौन्दर्यकर्मी पेशा केवल जीविकोपार्जनको माध्यम मात्र नभइ आत्मसम्मान, सिर्जनशीलता र अरुको जीवनमा खुुशी थप्ने आत्मविश्वासको महत्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले पेशालाई मर्यादित, सुरक्षित र सम्मानित बनाउन सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    युनियनले सौन्दर्य सेवाको क्षेत्रमा नेतृत्व विकास, योगदानमा आधारित सामाजिक सुरक्षा तथा मर्यादित श्रमको सुनिश्चितता, संगठनमा योगदान र उपलब्धिको महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष जोशीको भनाइ छ ।

    नाबुनले स्थापना दिवसको अवसरमा देशभरका विभिन्न स्थानमा सामाजिक सेवाका कार्यहरु पनि गरेको छ । केन्द्र र बागमती प्रदेशको संयुक्त आयोजनामा काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको नवजीवन परोपकार समाज वृद्धाश्रममा आश्रित २८ जनालाई दिवा भोजन प्रदान गरेको छ । उदयपुरमा रक्तदान कार्यक्रम तथा सातै प्रदेशका विभिन्न स्थानमा सरसफाइ, हेयर कटिङ, स्टेश्नरी सामग्री वितरण, छात्रवृत्ति प्रदान, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रमसमेत आयोजना गरेको छ ।

    प्रतिकृया दिनुहोस्