News Portal

  • परराष्ट्र सचिवकाे जिम्मेबारी सेवा लम्साललाई

    १४० पटक

    काठमाडौं । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारकाे बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

    उक्त पदको जिम्मेवारी पाउने उहाँ पहिलो महिला हुनुभएको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्