News Portal

  • अनौपचारिक श्रमिकहरुलाई स्थानीय तहबाटै पञ्जिकरण गरौँ : अध्यक्ष श्रेष्ठ

    जनभेट संवाददाता२०८२ पौष १४
    १८२ पटक

    ईश्वरी थापा
    ललितपुर । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले अनौपचारिक श्रमिकका लागि सामाजिक सुरक्षा कोषमा सूचीकरणका स्थानीय तहबाटै पञ्जिकरण गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित स्थानीय तहका श्रमिकको पञ्जिकरण र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनौपचारिक श्रमिकको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले स्थानीय तहको सरकारले अनौपचारिक श्रमिकको तथ्याङ्क संकलन मार्फत श्रमिक पञ्जिकरण गरी सामाजिक सुरक्षा कोषमा जोड्न स्थानीय निकायका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

    सामाजिक सुरक्षा कोषका प्रमुख कविराज अधिकारीले सामाजिक सुरक्षा ऐन, २०७५ औपचारिक क्षेत्रको अनिवार्यता, बैदेशिक रोजगारीको नियमितता, अनौपचारिक र स्वरोजगारको संख्या वृद्धिको नारासहित कोषले यसवर्ष देशभर कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

    आईटीयूसी न्याकका सल्लाहकार कमिटिका सदस्य गणेश बहादुर केसीले स्थानीय निकायमा श्रमिक पञ्जिकरण र सामाजिक सुरक्षा योजनामा अनौपचारिक श्रमिकको सहभागिता विषयक अवधारणा पेश गर्नुभएको थियो ।

    कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख मिट्ठाराम अधिकारी, चन्द्रागिरी नगरपालिका प्रमुख; घनश्याम गिरी, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, टोखा नगरपालिका रोजगार संयोजक सिर्जना आचार्य, ट्रेड यूनियन प्रतिनिधिलगायतले नगरपालिकाको गतिविधि, श्रमिक पञ्जिकरणमा जटिलता सम्बन्धी आफ्ना धारणा राखेका थिए ।

    अन्तरक्रिया कार्यक्रम अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ नेपालमा आवद्ध समिति (आईटीयूसी न्याक) ले आयोजना गरेको हो ।

    प्रतिकृया दिनुहोस्