News Portal

  • सर्वोत्कृष्ट ट्रेड युनियन पुरस्कार तथा छात्रावृत्ति प्रदान

    जनभेट संवाददाता२०८२ पौष ६
    २७६ पटक

    ईश्वरी थापा
    काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध ‘नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन’ (नेस्वहोमयु) ले यस वर्षको सर्वोत्कृष्ट ट्रेड युनियन पुरस्कार तथा छात्रावृत्ति प्रदान गरेको छ । नेस्वहोमयुको केन्द्रीय कमिटीद्वारा आयोजित ४६ औँ स्थापना दिवसका अवसरमा पुरस्कार तथा तात्रावृत्ति प्रदान गरिएको हो ।

    यस वर्षको सर्वोत्कृष्ट ट्रेड युनियन पुरस्कार गोकर्ण फरेस्ट रिसोर्टलाई प्रदान गरेको छ ।

    त्यसैगरी, स्व.माधव न्यौपाने स्मृति छात्रवृत्ति पुरस्कार छात्रातर्फ केशवराज सापकोटाकी छोरी कृतिस्मा सापकोटालाई र छात्रतर्फ बुद्धिबहादुर थापा मगरका छोरा कपिल थापा मगरलाई प्रदान गरिएको छ ।

    २०८१ सालको एसईईमा सापकोटाले ३.९१ जिपिए र मगरले ४ जिपिए ल्याउन सफल भएका थिए । पुरस्कारको राशी जनही दश हजार रुपैयाँ रहेको छ ।

    कार्यक्रममा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले ट्रेड युनियनहरुकै कारण श्रमिकहरुले सामाजिक सुरक्षा कोषमा सूचीकरण भइ सेवा प्राप्त गर्न सफल भएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले २०३६ सालदेखिको मजदुर आन्दोलनबाट प्राप्त उपलब्धीको स्मरण गर्दै नेस्वहोमयुको ४६ औँ स्थापना दिवसको शुभकामना दिनुहुँदै यस्तो विचार व्यक्त गर्नुभएको हो ।

    उहाँले होटल युनियनको सबैभन्दा जटिल समस्या रहेको आउट सोर्सिङ इन्टर्नका नाममा हुने श्रम शोषण दश प्रतिशत सेवा कट्टी, सुरक्षित कार्यथलोमा खेलेका ऐतिहासिक भूमिकाको प्रशंसा गर्नुहुदै न्युनत्तम पारिश्रमिक लागू गराउनमा थप जोड दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रमका अध्यक्ष लक्ष्मण तिवारीले सबैभन्दा पुरानो इतिहास बोकेको घटक पर्यटन क्षेत्रकै पहिलो मजदुर संगठनको दश प्रतिशत सेवा शुल्क गुमेकै कारण ट्रेड युनियनलाई समेत ठूलो असर परेको बताउनुभयो ।

     

    प्रतिकृया दिनुहोस्