News Portal

  • हिमालय क्षेत्रको समस्या समाधानका लागि साझेदारीमा विज्ञहरुको जोड

    जनभेट संवाददाता२०८२ कार्तिक २३
    २९१ पटक

    काठमाडाैं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा–हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी काठमाण्डौमा सम्पन्न भएको छ ।

    त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवानमा रहेको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युईएसटीसी)को स्कूल अफ पव्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजना भएको सङ्गोष्ठीमा हिमालय आसपासका देशहरुका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्थाहरु, संचार संस्थाहरुले प्रभावकारी सञ्चार तथा सामाजिक विकासका लागि सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

    दुई दिनसम्म चलेको सङ्गोष्ठीमा बोल्ने वक्ताहरुले यस क्षेत्रको विकासमा विभाजन नभइ साझेदारीमा जोड दिए । सम्मेलनमा हिमालय क्षेत्रका देशहरु साझा संस्कृतिले जोडिनुका साथै साझा समस्यासँग जुधिरहेको बन्दै यस क्षेत्रका देशहरुबाट सञ्चार माध्यमले साझा कथा बोल्नुपर्ने आवाज उठेको छ ।

    यस्तै, आधुनिकतासँगै भाषा संस्कृति लोप हुँदै गर्दा पूरानो इतिहास पनि मेटिने सम्भवाना रहेकोले हिमालय आसपासका देशहरुले आफ्नो संस्कृति जोगाउँदै आधुनिक प्रविधिको अंगिकार गर्नुपर्ने बिज्ञहरुको भनाइ छ ।

    हिमालय क्षेत्र जलवायु परिवर्तनको मारमा रहेको भन्दै साझा समस्या समाधानका लागि साझा प्रयासहरु आवश्यक रहेको कुरा समेत सम्मेलनमा उठेको छ । पेरिफेरियल डिजिटल कम्युनिकेसन एण्ड रिजनल पव्लिक गभर्नेन्स भन्ने मुख्य नाराका साथ दुई दिन सम्म चलेको सङ्गोष्ठीमा विभिन्न नौ देशका एक सय ५० बढी विज्ञहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्