News Portal

  • जेन-जेड प्रदर्शन : राष्ट्रपति पाैडेल र पूर्वप्रधानमन्त्रीहरूकाे निजी निवासकाे अवस्था

    जनभेट संवाददाता२०८२ भाद्र २८
    ३५२ पटक

    काठमाडाैं । भदौ २३ र २४ गते जेन जी प्रदर्शनका क्रममा घुसपैठ भइ सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भयो । आगजनीका कारण विभिन्न पार्टीका शीर्षस्थ नेताहरुको निजी निवास जलेर नष्ट भयो भने त्यहाँ भएका नगद, गरगहना, लुगाफाटोलगायत घरमा भएका सबै सम्पत्ति जलेर खरानी भयो । राष्ट्रपति, प्रधानमन्त्री, पार्टीका अध्यक्ष तथा सभापतिलगायतका निजी निवासको अवस्था खण्डहरमा परिणत भएका छन् ।

    रामचन्द्र पौडेल
    राष्ट्रपति रामचन्द्र पौडेल नेपाली राजनीतिका पुराना नेता मध्ये एक हुन् । उनले नेपाली कांग्रेसबाट आफ्नो राजनीति गरी देशको सभामुख देखि राष्ट्रपति सम्मको यात्रा तय गरे । तर लामो समय देखि शक्ति र सत्ताको केन्द्रमा रहेका राष्ट्रपति पौडेलको पनि घर जेन जीले छोडेनन् । काठमाडौंको बोहोराटारमा रहेको उनको निजी निवास जेन जी आन्दोलनको निशानामा परेर खण्डहरमा परिणत भयो । हाल खण्डहरमा परिणत भएको उनको घर हेर्न आउने छरछिमेकको भीड पनि बाक्लै देखिन्छ ।

    शेरवहादुर देउवा
    नेपाली कांग्रेसका सभापति एवं पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको निवास भग्नावशेसमा परिणत भएको छ । सुदुरपश्चिमवाट राजनीतिक यात्रा सुरु गरेका देउवा लामो समय देखि नेपालको शक्ति केन्द्रमा रहे । तर आम जनता उनको कामवाट सन्तुष्ट हुन सकेनन् । बुढानिलकण्ठमा रहेको उनको आलिसान महलमा जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त बनायो । आन्दोलनकारीको कुटपिटमा समेत परेका देउवा दम्पत्तिको खण्डहर महल हेर्न उनका छिमेकीहरु यत्रतत्र देखिन्छन् ।

    केपी शर्मा ओली
    भक्तपुरको बालकोटमा रहेको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निवास पूर्णरुपमा ध्वस्त भएको छ । झापामा भएको सशक्त आन्दोलनवाट उदायका आली देशको तिन पटक सम्म प्रधानमन्त्रि भई देशको नेतृत्व गरे । तर जनअपेक्षालाई सम्वोधन गर्न सकेनन् ।जेन जी पुस्ताले प्रर्दशन गर्दा उनी प्रधानमन्त्री पदमा कायम थिए तर आन्दोलनले उग्र रुप लिएपछि उनले राजीनामा दिए । उनको घर आन्दोलनकारीको पहिलो निशानामा पर्यो । पूर्ण रुपमा खण्डहरमा परिणत भएको उनको घरमा ओलीका नजिकका व्यक्तिबाहेकलाई प्रवेश निषेध गरिएको छ ।

     पुष्पकमल दाहाल ‘प्रचण्ड’
    दश वर्षे सशस्त्र द्वन्द्वबाट राजनीतिमा उदाएका ’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड तीन पटक प्रधानमन्त्री उनी केहि दशक देखि देशको शक्ति केन्द्रमा रहे । ललितपुरको खुमलटार स्थित भाडामा लिएको उनको निवास पनि आन्दोलनकारीको निशानामा परेर पूर्णरुपमा ध्वस्त भएको छ । खण्डहरमा परिणत भएको उनको निवासमा हाल कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।

    कैयौँ दशकदेखि शक्ति र सत्तामा रहेका शीर्षस्थ नेताहरुको निवास जेन-जेड पुस्ताको प्रर्दशनमा नष्ट हुन पुग्यो । इतिहासमा सायद यो विचित्र र दुर्लभ घटना हो । देशको वागडोर सम्हालेका नेतृत्वले यदि जनअपेक्षा अनुरुप काम गर्न नसके कस्तो परिणाम भोग्नुपर्दो रहेछ भन्ने उदाहरण आउँदा नेता र कार्यकर्ताको लागि पनि बलियो पाठ हो ।

    प्रतिकृया दिनुहोस्