
–किरण गिरी
गगन थापा नेपाली राजनीतिमा नयाँ ऊर्जा, नयाँ सोच र साहसिक आवाजका प्रतीक हुन् । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापा सदैव परिवर्तनको पक्षमा प्रष्ट र निडर भएर उभिने व्यक्तित्व हुन् । उनी केवल एक नेतामा सीमित छैनन्, उनी पुस्तान्तरणको आवाज, युवाको बिश्वास र भविष्यप्रति सकारात्मक दृष्टिकोण बोकेको नाम हो ।
राजनीतिक परिचय
गगन थापा विद्यार्र्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । २०६२/६३ को जनआन्दोलनमा युवाहरूको प्रेरणाका रुपमा उनी उदाए । त्यसयता उनले शिक्षा, स्वास्थ्य, सुशासन, भ्रष्टाचारविरुद्ध र राष्ट्रिय स्वाभिमानका सवालमा खुलेर बोलेका छन् । संसदमा उनका प्रस्तुति र तर्कहरू जनतामाँझ लोकप्रिय छन् ।
गगन थपा किन विशेष ?
-निडर र स्पष्ट वक्ता
-युवा पुस्ताको प्रेरणा
-सुशासन र विकासका पक्षधर
-स्वास्थ्य र शिक्षा सुधारका लागि समर्पित
-भ्रष्टाचार, अराजकता र अन्यायविरुद्ध ठोस आवाजसत्ता परिवर्तनको होइन, सोच र संस्कारको परिवर्तनको नेतृत्व गर्नुपर्छ ।
गगन थापा भन्नासाथ सम्झनु पर्ने पाँच बुँदा
-साहस
-इमान
-परिवर्तन
-युवा शक्ति
-उम्मेदवार
निष्कर्षमा
गगन थापा केवल राजनीतिज्ञ मात्र होइनन्, उनी भोलिको नयाँ नेपालका लागि आशा र प्रेरणा हुन् । उनका विचार, योजना र निडरताले नेपाली राजनीति अझै आशावादी र जवाफदेही बन्ने विश्वास दिलाउँछन् ।
यस कारण गगन थापा सभापतिमा आवश्यक
-गगन थापाको राजनीतिक यात्रा संघर्ष र सम्भावनाको कथा हो ।
-नेविसंघको आन्दोलनकारी विद्यार्थी नेताबाट शुरु भएको उनको यात्रा आज नेपाली राजनीतिमा सबैभन्दा चर्चित वैकल्पिक नेतृत्वको रूपमा पुगेको छ ।
-सुरुवाती दिनमै उनले पुरानो शैलीभन्दा फरक ढंगले राजनीति गर्नुपर्ने सन्देश दिए ।
-नीतिगत स्पष्टता, पारदर्शिता र जनताप्रतिको जवाफदेहितालाई आफ्नो मूल मन्त्र बनाए ।
-त्यसैले उनको भाषण मात्र लोकप्रिय भएन, जनताले उनलाई भोलिको आशाका रूपमा हेर्न थाले ।
-संसदमा प्रवेश गरेपछि उनले विशेष गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखे ।
-उनका पहल र नीतिहरूले गगनलाई केवल ‘युवा नेता’ नभई, भिजनसहितको जिम्मेबार नीति निर्माताका रूपमा स्थापित गर्यो, तर यथार्थ अझै बाँकी छ, गगन थापाको भिजनलाई व्यवहारमा उतार्ने वास्तविक अवसर अझै राम्ररी आएको छैन ।
-जबसम्म उनीसँग निर्णय गर्ने शक्ति र अनुकूल वातावरण हुँदैन, उनका ठूला योजनाहरू पूर्ण रूपमा कार्यान्वयनमा परिणत हुन गाह्रो हुन्छ ।
-यद्यपि विगतदेखि वर्तमानसम्म उनको यात्रा समर्पण, संघर्ष र प्रतिबद्धताको प्रतिविम्ब हो ।
त्यसैले, आज जनताले उनलाई केवल वर्तमानको नेता होइन, भोलिको प्रधानमन्त्री र नेपाली कांग्रेसको भावी सभापतिका रूपमा देखिरहेका छन् ।
हामी धेरै नेपालीहरूको चाहना छ :
छिट्टै गगन थापालाई नेपाली कांग्रेसको सभापति र देशको प्रधानमन्त्रीको भूमिकामा देख्ने । किनकि, उनको वैकल्पिक सोच, इमान्दार छवि र जिम्मेवार नेतृत्व शैली नै नयाँ नेपाल निर्माण गर्ने वास्तविक आशा हो । नयाँ नेपाल, देशको भविष्य, जनताको आवाज हो गगन थापा ।










