News Portal

  • श्रमिकका मुद्दा सम्बोधनका लागि सहजीकरण गर्न ट्रेड युनिएनहरुसँग मन्त्री भण्डारीको आग्रह

    जनभेट संवाददाता२०८२ आषाढ ३०
    २८६ पटक

    ईश्वरी थापा
    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रमसँग सम्बन्धित मुद्दाको सम्बोधन गर्न आफू तयार रहेको बताउनुभएको छ । नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) र अन्तर्राष्ट्रिय घरेलु श्रमिक महासंघ (आइडब्लूएफ) को आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले ट्रेड युनिएनले उठाएका श्रमसँग सम्बन्धित मुद्दाहरु सम्बोधन गर्ने बताउनुभएको हो ।

    मन्त्री भण्डारीले मुद्दा सम्बोधन गर्न सहजीकरणका लागि ट्रेड युनिएनहरुसँग आग्रह गर्नुभयो । आफूले सधैँ श्रमिकको पक्षमा वकालत गर्दै आइरहेको दाबी गर्नुभयो ।

    सांसद रमा कोइराला र बागमती प्रदेश सभा सदस्य विन्दु श्रेष्ठले ‘श्रमको मुद्दा, मर्यादित कामका लागि हेरचाह’ का बारेमा नीतिगत तहमा भएका कामबारे जानकारी गराउनुभयो ।

    नेपाल ट्रेड युनिएन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले गृह श्रमिकहरुका लागि यूनियनले खेलेको भूमिका तथा आगामी कार्ययोजनाबारे प्रष्ट पार्नुभयो ।

    कार्यक्रममा जिफन्ट, पिएसआई, जेटियुसिसी, युनएनआइ, एसएआरटियुसी, घरेलु श्रमिक, स्वास्थ्य स्वयंसेवी, घरेलु श्रमिक तथा हेरचाह क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले श्रमिकका विषयमा आआफ्ना धारणा राखेका थिए ।

    कार्यक्रममा आइडिडब्लूएफबाट कार्यसमिति सदस्य सोनिया जर्ज, एशिया कोअर्डिनेटर फिस आइपीएफ राइना भट्टाचार्य तथा ओक्फाम बंगलादेशका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्