News Portal

  • ‘मदन भण्डारी’ कम्युनिष्ट आन्दोलनलाई नयाँ स्वरुपमा ढाल्ने क्षमतावान व्यक्तित्व

    जनभेट संवाददाता२०८२ आषाढ २९
    ४८० पटक

    ईश्वरी थापा
    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकलौटी हिम्सात्मक नेतृत्व परास्त गर्दै नयाँ स्वरुपमा ढाल्ने क्षमतावान व्यक्तित्व जननेता मदन भण्डार भएको बताउनुभएको छ । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रमना उहाँले मदन भण्डारी क्षमतावान नेता भएकाे बताउनुभएकाे हाे ।

    उपमहासचिव ज्ञवालीले वर्ग शत्रुकाे रगतले धमेलिएको हातलाई समाजमा शान्तिपूर्ण रुपान्तरण गर्ने एक प्रखर क्रान्तिका योद्धा भण्डारी रहेकाे स्मरण गर्नुभयाे ।

    उहाँले नयाँ स्वरुप दिई कम्युनिष्ट आन्दोलनमा हिम्सा गर्ने र एकदलीय भन्ने विचार राख्ने मान्यतालाई तोड्दै लोकतान्त्रिक जगमा उभ्याउने अगुवा एवम् प्रयोगकर्ताको रुपमा भण्डारीलाई बुझ्नु पर्ने बताउनुभयाे । जबजको मान्यता खुल्ला रुपमा समाज जस्तो छ त्यस्तै बुझ्नु पर्ने उहाँकाे भनाइ छ ।

    नेकपा स्थायी कमिटी सदस्य थममाया थापाले राजनीतिक परिवर्तन भइरहन्छ तर समाज परिवर्तन गर्न आर्थिक र सामाजिक परिवर्तन आवश्यक हुने भण्डारीकाे भनाइ रहेकाे बताउनुभयाे ।

    राष्ट्रिय भाषा तथा लोकसाहित्य संघ, नेपालको अध्यक्ष डा. प्रतिभा पुनले विविध जनजाति बसोबास गर्ने समाजमा गएर उहाँहरुकै भाषा लोकगाथा, लोकभाकाका माध्यमबाट जनता जगाउनु पर्ने बताउनुभयाे । उहाँले  राजनीतिमा थकाइ नमानी निरन्तर अगाडि बढ्नु पर्नेमा जाेड दिनुभयाे । उहाँले समाज निर्माणमा चालिएको पहिलो पाइलामा पाइला थपेर सबैबाट साथ र सहयाेग पाउने विश्वास व्यक्त गर्नुभयाे ।

    कार्यक्रममा जनवादी लोकलयमा क्रियाशील कलाकार द्वय रमेश अर्याल  र लक्ष्मी गुरुङलाई ‘बहुभाषिक लोकलहरी-२०८२’ ले सम्मान गरिएको थियो ।

    कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सुष्मिता नेपालद्वारा लिखित ‘म नेपाली सिक्छु’ नामक पुस्तकको लाेकार्पण गर्नुभएकाे थियाे ।

    राष्ट्रिय भाषा तथा लोक साहित्य,नेपालद्वारा आयोजित कार्यक्रममा देशभरबाट आएका कलाकारहरूले विभिन्न ११ मातृभाषाका प्रगतिशील विचारधाराका लोकलयमा गीत संगीत प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्