News Portal

  • मीना शर्माको नेतृत्वमा ‘शिव मन्दिर टोल सुधार समिति’ मा महिला मात्र भएको उदाहरणीय कार्यसमिति चयन

    जनभेट संवाददाता२०८२ आषाढ ९
    ४०४ पटक

    काठमाडौं । काठमाडौं टोखा नगरपालिका धापासी शिब मन्दिर टोल सुधार समितिको अधिबेशनले जेण्डर बिशेषज्ञ मीना शर्माको नेतृत्वमा पहिलो पटक महिला मात्र भएको उदाहरणीय नयाँ कार्य समिति निर्वाचित गरेको छ । एक सय ५० घर धुरी भएको टोल सुधार समितिको अधिबेशनले कार्यसमितिको उपाध्यक्ष सरिता शर्मा, सचिव अनिता बिष्ट, सहसचिव कल्पना खड्का, कोषाध्यक्ष राधा सापकोटा तथा सदस्यहरुमा लिला थापा मगर, मञ्जु रायमाझी, शारदा पाण्डे र डिलमाया पोख्रेललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

    कार्यसमितिका निवर्तमान अध्यक्ष डा सन्तोष नेपालको अध्यक्षतामा भएको अधिबेशनको उद्घाटन गर्र्देै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा नागरिकका लागि नयाँ आयाम हुने गरी काम भैरहेको जानकारी गराउनु भएको छ । स्वास्थ्य वीमालाई प्रभावकारी बनाउने गरी स्वास्थ्य मन्त्रालयबाट बिशेष योजनाका साथ काम भैरहेकाले आमनागरिकलाई त्यसको उपयोग गर्न आग्रह गर्नुभएको छ ।

     टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले शिब मन्दिर टोलमा चिकित्सक, पत्रकार, कानून ब्यबसायी, सामाजिक अभियन्ता, ब्यबसायी, सुरक्षाका निकाय र सरकारी उच्च अधिकारीहरुको उल्लेख्य सहभागिता रहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा पवित्र धार्मिक स्थल हरिहर मन्दिर सन्न्यास आश्रम रहेकाले यस क्षेत्रको बिकासका लागि नगरपालिकाले बिशेष महत्व दिएको बताउनुभयो । उहाँले हरेक क्षेत्रका बिज्ञ र प्रभावशाली नागरिक भएको टोलको अधिबेशनले यस नगरपालिकाका लागि मात्र नभइ अन्य क्षेत्रका लागि पनि उदाहरणीय हुने खालको महिला मात्र भएको कार्यसमिति चयन गरेकोमा बिशेष आभार ब्यक्त गर्नुभयो । उहाँले यो क्षेत्रमा स्वस्थ जीवनका लागि योग अभ्यासका लागि बजेट बिनियोजन भैसकेको जानकारी दिनुभयो ।

    अधिबेशनले सचिब दिपेन्द्र न्यौपानेले प्रस्तुत गर्नुभएको प्रतिबेदन, कोषाध्य मीना शर्माले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिबेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

    कार्यक्रममा सल्लाहकार समितिका संयोजक बरिष्ठ पत्रकार टंक पन्त, सल्लाहकारहरु अधिबक्ता सूर्यकुमार बिमली, रामचन्द्र ज्योती तथा खुशीराम पाण्डेले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा टोखा–६ का वडाध्यक्ष शान्ता खनालले शुभकामना सन्देश पठाउनुभएको थियो । स्वागत मन्तब्य पुष्पा भुसालले राख्नु भएको कार्यक्रममा देवी अर्याल, तेजप्रसाद काफ्ले, निर्वाचन समितिका संयोजक बासु रेग्मी र सदस्य प्रकाश बानियाँले पनि निर्वाचित कार्यसमिति युनिक बनेको भन्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

    साधारणसभाले शिब मन्दिर क्षेत्रका घरपरिवार पहिचान गर्ने, शिब मन्दिर परिसर भित्रै रहेको नैनदेवी हरिहर गुरुकुल धार्मिक बन ब्यबस्थापन समितिको नैनदेबी हरिहर भवनको छतमा स्वस्थ जीवनका लागि बजेट परेर पनि रोकिएको योग अभ्यास हल निर्माण प्रक्रियालाई निष्कर्षमा पुरयाउने, प्रत्येक महिना टोल सफा गर्ने, सीमपाखामा निर्माण भैहरेको खानेपानी ट्यांकी निर्माण कार्यलाई नैनदेवी हरिहर गुरुकुल धार्मिक बन ब्यबस्थापन समितिको कार्ययोजना अनुसार सम्पन्न गर्ने, शिब मन्दिर परिषरका बिभिन्न क्षेत्रका बिज्ञहरुको पहिचान गर्ने र आबश्यक छलफल गर्ने, शिब मन्दिर परिषर भित्र हरेक बिकास र सामाजिक काममा टोखा नगरपालिका, वडा कार्यालय, हरिहर मन्दिर सन्यास आश्रम, पूर्व सैनिक सेवा समाज, नैनदेबी हरिहर समाजलगायतका सामाजिक संस्थासंग सहकार्य गर्ने लगायतकाबिशेष प्रस्ताबपारित गरेको छ ।

    साधारण सभाले अडिटर नियुक्तिकालागिकार्यसमितिलाई जिम्मेवारी दिएको छ । साधारण सभाले नैनदेबी हरिहरि गुरुकुल धार्मिक बन ब्यबस्थापन समिति र हरिहरि सन्यास आश्रम क्षेत्रमा जनस्वास्थ्य कार्यालयको सहयोग र शिब मन्दिर परिषर टोल सुधार समितिको संयोजनमा निर्माण भएको ब्यायामका समानलाई संरक्षण गरी लामो समय सम्म टिकाउनका लागि आबश्यक पहल गर्ने प्रस्ताब पनि पारित गरेको छ ।

    साधारण संपन्न भएलगत्तै बसेको नवनिर्वाचित अध्यक्ष मीना शर्माको अध्यक्षतामा बसेको पहिलो बैठकले सल्लाहकार समिति गठन, आगामी कार्ययोजना एवं साधारण सभाले पारित गरेका बिशेष प्रस्ताब कार्यान्वयन गर्दे लैजाने निर्णय गरेको छ । बैठकले साधारणसभा संपन्न गर्न लाग्नु हुने पूर्वकार्यसमिति, सल्लाहकार समिति, निर्बाचन समितिलाई बिशेष धन्यवाद दिने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्