News Portal

मंगलादेवी माविले मनायाे २८६० औँ  ‘साेनाम ल्हाेछार’

जनभेट संवाददाता२०८० माघ २८
२१५ पटक

नुवाकाेट । श्री मंगलादेवी माध्यमिक विद्यालयले सोनाम ल्हाेछार भव्यताका साथ मनाएकाे छ । सूर्यगढी गाउँपालिका–१, छापस्थित श्री मंगलादेवी माध्यमिक विद्यालयले २८६० औँ  साेनाम ल्हाेछार विविध सांस्कृतिक कार्यक्रम आयाेजना गरी मनाएकाे हाे ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्नाे संस्कार र संस्कृति झल्किने पहिरनमा नृत्य प्रस्तुत गरेका थिए भने संस्कारकाे नाममा भइरहेका सामाजिक विकृतिविरूद्ध तामाङ भाषामा नाटक मञ्चनसमेत गरेका थिए । कार्यक्रममा पूर्वविद्यार्थीहरूले समेत विविध सांस्कृतिक तथा साहित्यक प्रस्तुति दिएका थिए ।

त्यस्तै, विद्यार्थीहरूले समुदायकाे संस्कार र संस्कृति बचाउनु पर्ने तर संस्कार र संस्कृतिकाे नाममा समाजमा देखिएका विकृति तथा कुप्रथाहरू हटाउनु पर्ने कविता वाचनमार्फत् प्रस्तुत गरेका थिए ।

विद्यार्थी, शिक्षक, अभिभावक तथा पालिकाका विशेष व्यक्तिहरूकाे सहभागितामा सम्पन्न उक्त कार्यक्रममा आआफ्ना जातीय प्रतिनिधित्व हुने गरी पहिरनमा प्रस्तुत भएका थिए । कार्यक्रममा शिक्षक तथा अभिभावकहरूले पनि तामाङ सेलाेमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै शिक्षक तथा अभिभावकहरूले तामाङ समुदायमा ‘ल्हाेछार’ पर्व लाेप हुँदै गएकाेमा चिन्ता व्यक्त गर्दै यसकाे संरक्षण र सम्वद्धनमा जाेड दिएका थिए । त्यस्तै, पालिकाका विशेष व्यक्तिहरूले लाेप हुन लागेकाे ल्हाेछार पर्वकाे संरक्षण र सम्वर्द्धनका लागि कार्यक्रम आयाेजना गरी टेवा पुर्याएकाेमा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए ।

तामाङ समुदायको बाहुल्यता रहेको उक्त विद्यालयमा अध्ययनरत करिब तीन सय विद्यार्थीमा अधिकांश तामाङ समुदायका रहेकाे विद्यालयले जनाएकाे छ ।

विद्यालयले हरेक वर्ष साेनाम ल्हाेछार विविध कार्यक्रमकाे आयाेजना गरी मनाउने गरेकाे छ ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्