News Portal

  • दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार अभियन्ता माेहना अन्सारीलाई प्रदान

    जनभेट संवाददाता२०८१ फाल्गुण १७
    ५१० पटक

    काठमाडौं। मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा अन्सारीलाई पचास हजार नगद राशी सहित कदरपत्रले सम्मान गरिएको हो ।

    अन्सारीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार प्रदान गरेका हुन् । गोरखामा बिसं १९६३ सालमा जन्मिभएका शिक्षासेवी, इतिहास विज्ञ तथा समाजसेवी दण्डपाणि अर्ज्याल तथा उनकी धर्मपत्नी नन्दकुमारी अज्र्यालका नाममा स्थापित संस्थाले स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पुर्याउने राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको छ ।

    २०६२ सालमा दण्डपाणि–नन्दकुमारी अर्ज्यालका पुत्रहरुको सक्र्रियतामा स्थापित संस्थाले यसअघि इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार द्वय तुलसीराम वैद्य र दिनेशराज पन्त, साहित्यकार डा मोदनाथ प्राश्रित, शिक्षासेवी प्रा डा सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसी,सीमाविद्बु द्धिनारायण श्रेष्ठ लगायतका व्यक्तित्वलाई सम्मान गरिसकेको छ

    प्रतिकृया दिनुहोस्