News Portal

‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐच्छिक नभइ अनिवार्य हो’

जनभेट संवाददाता२०८१ मंसिर २८
१७७ पटक

–ईश्वरी थापा
काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) को आयोजनामा ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोष’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम काठमाडौस्थित जिफन्टको सभाहलमा सम्पन्न भयो । कार्यक्रम नाबुनको केन्द्रीय सचिव सुजना जोशीको अध्यक्षता तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रमुख अतिथि श्रेष्ठले सामाजिक सुरक्षा जिफन्टको एजेण्डा भएको बताउँदै श्रम क्षेत्रमा रहेका सबै श्रमिकहरुलाई कोषमा आवद्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आगामी दिनमा यस्तै अभिमुखीकरण कार्यक्रम गराउ‘दै सूचिकरणमा यो वर्ष श्रमिकहरु दुई मिलियन पुर्याउने जिफन्टको अभियान भएको बताउनुभयो

कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको तर्फबाट उपनिर्देशक सरिता पाण्डे र सहायक निर्देशक राधिका पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

नाबुन केन्द्रीय सचिव सुजना जोशीले सामाजिक सुरक्षा कोषबारे अभिमुखीकरणलाई निरन्तरता दिई आफूहरुले सामाजिक सुरक्षा कोषबाट उपभोग गरिरहेको सुविधाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अभिमुखिकरण सँगसँगै सहभागीहरु सूचिकरणसमेत भएका छन् ।

सोलिना लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, सचिव तारानिधि पन्त लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्