-ईश्वरी थापा
काठमाडाैं । ‘समृद्ध नेपाल सुखी नेपालीको आधार, सबै क्षेत्रका नेपालीलाई समाजिक सुरक्षाको अधिकार’ नाराका साथ नेपाल ट्रड यूनियन महासंघ जिफन्टले देशैभर सातौँ सामाजिक सुरक्षा दिवश मनाएको छ ।
जिफन्ट केन्द्रीय कार्यालयको आयोजनामा काठमाडाैंकाे राष्ट्रिय सभागृहमा आयोजित सभाका प्रमुख अतिथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशका समस्त श्रमिकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपालको राजनीति भन्दा पुरानो इतिहास बोकेको नेपाल ट्रेड यूनियन आन्दोलनको नायकत्व लिने श्रमिक हक अधिकारलाई मानेको बताउनुभएकाे छ ।
उहाँले २००३ सालमा स्थापना भएको नेपाल ट्रेड यूनियन आन्दोलनको निरन्तरता नै जिफन्ट भएको बताउनुभयो । सामाजिक सुरक्षा कोष स्थापनाका लागि अनवरत खटेर उल्लेखनीय भूमिका खेलेको जिफन्टले नेपालको श्रमजीबी वर्गका निमित्त नमूना बनेर काम गर्दै आएकोमा जिफन्ट तथा कार्यकर्तालाई उहाँले शुभकामना तथा बधाई व्यक्त गर्नुभयाे ।
प्रधानमन्त्री ओलीले २०७५ साल मंसिर ११ गते नीतिगत रुपमा स्थापना भएको योगदानमा आधारित सामाजिक सुरक्षा अब श्रमिकका परिवारका लागि थप सुविधाको अनुभूति हुने बताउनुभयाे । सातौँ समाजिक सुरक्षा दिवशका अवसरमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपचार खर्चमा लाखभन्दा माथि खर्च लागेका योगदान कर्तालाई कोषले ५० प्रतिशत हेर्ने बताउनुभयाे ।
आगामी वर्षमा श्रमिकहरु थप्दै जाने न्यायपूर्ण सम्बृद्धि न्यायोचित वितरण गर्न नयाँ ढंगले काम गरिरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले आफ्नै समयमा नयाँ परिवर्तन ल्याउनु पर्ने हुनाले परिवर्तनको भार भावि सन्ततिलाई नदिकन त्यस्को अनुभूति दिने बताउनुभयाे । आफू पहिले प्रधानमन्त्री हुँदा तुइन विस्तापित गरी झाेलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेकाे र तत्अनुसार निर्माण भइरहेकाे बताउनुभयाे । उहाँले २०७५ साल मंसिर ११ गते सामाजिक सुरक्षा कोष स्थापना गरेको र पूर्ण रुपमा सफल भएर जाने दाबी गर्नुभयाे ।उद्योग धन्दामा प्रयास, शिक्षामा ध्यान, स्वास्थ्यमा जोड दिँदै कृषिमा नयाँ क्रान्ति, पर्यटन सेवा, बैक, वित्तीय , विद्युतीय क्षेत्रमा तिब्रता दिनु पर्ने हाम्रो मान्यता प्राप्त जनताप्रति जिम्मेवार पार्टी भएको बताउनुभयाे।
सम्बोधनका क्रममा २०५१ सालको राष्ट्र निर्माणको गति र त्यस पछिको राष्ट्र निर्माणको गतिमा धेरै फरक भएको प्रष्ट पार्दै उहाँले रोजगारदाताले कट्टी गरेको एक प्रतिशत अवचलन गरेको काम गलत भएकाे र जसका लागि कट्टी गरेको उसैले पाउनु पर्ने बताउनुभयो ।
सातौँ योगदानमा आधारित समाजिक सुरक्षा दिवश कार्यक्रमका सभाध्यक्ष विनोद श्रेष्ठले रोजगारदाता र श्रमिकको सहमतिमा ल्याएको समाजिक सुरक्षा कोषमा १७ लाख ९४ हजार आवद्धता रहेको बताउनुभयाे । कोषमा एक अर्ब पैसा रहेको भन्दै पेन्सनको रुपमा ८ हजार देखि एक लाख ५७ हजारसम्म पेन्सन सुविधा प्राप्त गरिरहेको उहाँले बताउनुभयाे । कोषमा आवद्ध सदस्य मध्ये ठूलो संख्या बैदेशिक रोजगारीमा हुनाले नियमित योगदान भने नदेखिएको समस्याका बारेमा समाधान छिटै खोज्नु पर्ने उहाँकाे भनाइ छ । अहिले सम्ममा ५८५ औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकले पेन्सन बुझ्न सफल भए पनि यसलाई बढाएर ६० लाख बनाउने प्रधानमन्त्रीको पालमा हाम्रो प्रयत्न निरन्तर सहितको मिसन सफल हुने विचार व्यक्त गर्नुभयाे ।
महासंघका अध्यक्ष विनाेद श्रेष्ठले जसरी बैदेशिक रोजगारीमा जाने श्रमिकलाई समाजिक सुरक्षाको दायरामा ल्याई सुचिकृत छन्, त्यसैगरी अनौपचाकिलाई पनि सुचिकृत गर्न माग गर्नुभयाे ।
जिफन्टले चार वर्षमा लिएको लक्ष्य २० लाखमध्ये करिब अढाई वर्षमा १८ लाख समाजिक सुरक्षामा सुचिकृत भएको बताउँदै जिफन्टले अब सुचिकृतहरुको निरन्तरताका लागि अभियान अगाडि बढाउने बताउनुभयाे।
महासंघका महासचिव लक्ष्मण शर्माले सञ्चालन गर्नु भएको कार्यक्रममा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, एफएनसीसीआई रोजगारदाता परिषदका सभापति ज्योत्सना शाक्यले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयाे ।
सामाजिक सुरक्षा कोषमा स्थानीय तहबाट सर्वप्रथम सहयोगदान गर्ने सुचिकृत भएका फेदीखोला, बासगढी, बेलबारी, भिमफेदी, सुन्दर हरैंचाका मेयर तथा अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।