काठमाडाै। नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा नेपाल कमनिष्ट पार्टी एमाले उपत्यका जिल्ला कमिटीद्धारा आयोजित जागरण सभाको तयारी कार्यक्रम मनमोहन मजदुर भवन पुतलीसडकमा सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराईले कार्यक्रमको औचित्य , महत्व तथा जनतालाई प्रभावित पार्ने पार्टी पङ्तिका गतिविधि , परिणाममुखी सरकार र चुनौतीको सामना गर्दै अघि बढेकोबारे जानकारी गराउनुभयो ।
प्रमुख अतिथिले राष्ट्रिय गतिविधिलाई नै प्रभाव पार्ने ढङ्गले गतिविधि गर्ने , सामाजिक सञ्जालमार्फत् टिका टिप्पणी गर्ने अराजक तत्वलाई जवाफ दिन, जनताको साथ के.पी .ओली छन् भन्ने देखाउन ४२ स्थानमा आगामी हुने निर्वाचन गर्न, विकास निर्माण सम्बद्धिका खाका भत्काउनेलाई सवक सिकाउनु पर्ने बताउनुभयो । उहाँले अदालती निर्णय विरुद्ध आवाज उठाई भ्रामक खबर फैलाउने, ओम्नी सम्झौता, कू प्रथा चिर्नका लागि र संविधानका कमी कमजोरी सच्याउन विपक्षमा हुँदा मात्र होइन सरकार पक्षमा हुँदा पनि जायज मुद्दाहरूलाई उठाई खबरदारी गर्न जागरण सभा गर्न लागेको कार्यकर्ता तथा नेताहरुलाई निर्देशन दिनुभयो ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले मंसिर ७ गतेको कार्यक्रम अस्त्रको रुपमा परिणत हुने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष श्रेष्ठले निराशा भएर होइन विपक्षका चुनौतिका अगाडि सर्तक भएर सिद्धान्तका आधारमा चल्नु पर्ने बताउनुभयो । अध्यक्षले सुशासन कायम भइरहेको अबस्थामा मंसिर ११ गते पाँचौँ योगदानमा आधारित सामाजिक सुरक्षा दिवशबारे जानकारी गराउँदै जिफन्ट राष्ट्रिय कमिटी, प्रदेश कमिटी, २२ वटै घटक कमिटी, युवा कमिटीलाई तीसाैँ हजार जिफन्टको श्रमिकहरु सडकमा उतार्न निर्देशन दिनुभयो ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले संचालन गर्नु भएको उक्त कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्की, सीता लामा, कमल गौतम, महासचिव लक्ष्मण शर्मा जनसङ्गठन संयन्त्रका संयाेजक भानुभक्त ढकाल, उपमहासचिवहरु तथा सचिवहरु को उपस्थित थियो ।