News Portal

  • आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदै

    जनभेट संवाददाता
    ३२२ पटक

    काठमाडौं । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस। १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

    ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

    सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।

    सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो ।

    त्यसयता सन् १८९० देखि मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विराटनगरमा वि सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

    यो वर्ष अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ ,स्वतन्त्रलगायतका मजदुर संगठनले सभालगायतका विविध कार्यक्रम गरी मनाउन लागेको जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्