News Portal

सप्तरीको रूपनगरमा प्लाष्टिक प्रदूषण विरूद्ध अभियान शुरू

जनभेट संवाददाता२०८१ भाद्र १५
२५५ पटक

सप्तरी ।  रूपनगर क्याम्पसका विद्यार्थीहरूले प्लाष्टिक प्रदूषण विरूद्ध अभियान शुरू गरेका छन्। बाटो, नाला, खेतबारी, विद्यालय क्षेत्र, यत्रतत्र फालिएर प्रदूषण गरिरहेको  बोरा प्लाष्टिक फोहर सङ्कलन गरिएकाे हाे ।

वातावरण र स्वास्थ्यलाई हानी पुर्याउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत् शनिबार बिहान रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरिएकाे छ।

रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा सञ्चालन गरिएको प्लाष्टिक प्रदूषण विरूद्धको अभियानमा क्याम्पस सञ्चालक समितिका सदस्य हेम प्रसाद अधिकारीको सक्रिय सहभागिता थियो। क्याम्पसका शिक्षक, विद्यार्थी, कर्मचारी लगायत पत्रकार तथा स्थानीयहरू समेतको उत्साहजनक सहभागिता उक्त कार्यक्रममा थियो।

रूपनगर क्याम्पसका केही जागरूक विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ को व्यानरमा आयोजित सो अभियानमा सङ्कलित प्लाष्टिक फोहरबाट ‘इको-ब्रिक’ बनाइने जानकारी ‘रूपनगर युथ स्क्वाड’ का संयोजक आफताब अलीले दिनु भएको छ। संयोजक अलीका अनुसार ‘प्लाष्टिक फोहरलाई प्लाष्टिककै बोतलमा भरेर, खाँदेर बनाइने ‘इको-ब्रिक’ बाट सार्वजनिक स्थलमा बस्ने मुढा, बेञ्च, कुर्शी आदि बनाउने कार्यक्रम हो यो।’

आफताब अलीले दिएको जानकारी अनुसार ‘प्लाष्टिक प्रदूषण विरूद्ध जुटौँ’ भन्ने नारा रहेको यो अभियानका लागि पुरक एशिया नामक अन्तर्राष्ट्रिय संस्थाले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। ‘प्लाष्टिक प्रदूषण विरूद्धको यो अभियान आज एक दिनका लागि मात्र होइन, यसलाई हामी निरन्तर जारी राख्ने छौँ,’ अली भन्छन्।

प्लाष्टिक फोहर बटुलेर इको ब्रिक बनाइ सार्वजनिक विश्राम स्थल, फूलबारी सजावट जस्ता उपयोगी काममा प्रयोग गरिने यो अभियानले प्लाष्टिक प्रदूषण नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको छ।

स्वच्छ, स्वस्थ्य र हरियो भविष्यको यो अभियानमा सहभागी हुन र सहयोग गर्न चाहने वातावरण प्रेमीहरूले रूपनगर क्याम्पसमा सम्पर्क गर्न सकिने जानकारी प्राध्यापक गजुरेलले दिनु भएको छ।

समाचार स्रोत : रूपनगर क्याम्पस फिचर सेवा

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्