News Portal

  • जेन जी तिमी को हौँ ?

    जनभेट संवाददाता२०८२ फाल्गुण २७
    ५७ पटक

    -नगिन तामाङ

    हावा सरी बहेर आयौ सब थोक उजाडी गयौ
    हुने नहुने सबथोक भत्काएर कता गयौ
    आखिर यहाँ तिमीले खै के पायौ ?
    त्यही के दिन को हाई हाई, केही दिन को गुणगान
    जता ततै चर्चा बटुलेउ केही दिन रमायौ
    आखिर तिमीले खै के पायौ ?
    जेन जी तिमी को हौ ?

    दुई दिनमै देशको अभिभावक गुमायौ
    केही आमाको कोख सदाका लागि रित्यायाैँ
    केही को बंश नास गरी सपना मार्यौ
    खाउ खाउ लाऊ लाऊ भनी हिँडेको अबलालाई
    तातो रगत उमाली तातो गोली खान लाग्यौ
    आखिर तिमीले खै के पायौ ?
    जेन जी तिमी को हौँ ?
    केही गरौँला भनी हिँडेको बटुवालाई

    दुई दिनमै तिमीले जीत पायौ
    शक्ति सत्ता पनि तिमीले पायौ
    पाउन त केही पद केही आलोचना पायौ
    सारा नास गरेर खै आखिर के पायौ ?
    जेन जी तिमी को हौँ ?

    खै आखिरमा त्यो जीत कस्को थियो ?
    अनि त्यो लास अनि खरानी कस्को थियो ?
    सुन्दर तिनै संरचना खै कस्को थियो ?
    मनायौ उत्सव तिमीले हार कस्को थियो ?
    आखिर तिमीले खै के पायौ ?
    जेन जी तिमी को हौ ?

    कसैको ज्यान खायौ कसैको रोजगारी
    बनायौ आखिरीमा कसैलाई बेरोजगारी
    जलायौ सबै कुरा त्यो पनि छानी छानी
    खै के चढेको थियो गर्यौ जानी नजानी
    आखिर तिमीले खै के पायौ ?
    जेन जी तिमी को हौ ?

    खरानी बनाएर सत्यनास गर्यौ
    देशलाई सपार्यौ या बिगार्यौ खै के गर्यौ ?
    नसामा गर्यौ की होसमा गर्यौ थाहा छैन !
    यता सर्यौ कि उता सर्यौं थाहा छैन
    आखिर तिमीले खै के पायौ ?
    जेन जी तिमी को हौँ ?

    अझै पुगेन तिमीलाई दलसम्म खोल्यौ
    पूर्वको खोल्यौ की पश्चिम को खोल्यौ ?
    एकले भएन दुई तीनसम्म भयौ
    मिलेर हैन बाझेर शक्ति सत्ता पायौ
    आखिर तिमीले खै के पायौ ?
    जेन जी तिमी को हौ ?

    प्रतिकृया दिनुहोस्